९ कार्तिक २०८१, शुक्रबार 1729915890
Banner

दोलखा ११ किलो तस्करीको सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले दोलखामा बरामद ११ किलो तस्करीको सुन प्रकरणमा प्रहरीले एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

सो प्रकरणमा प्रहरीले चिनियाँ ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधानलाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले पक्राउ गरेसँगै पक्राउ पर्नेहरुको सङ्ख्या १० पुगेको छ । यसअघि प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् । उनीहरूमाथि दोलखामा नै संगठित अपराध अन्तरगत मुद्दा चलिरहेको छ ।