८ मंसिर २०८१, शनिबार 1732405662
Banner

‘मान्छे मारेर आममाफी पाइन्छ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं’

काठमाडौं । गुन्डा नाइके रिगल भनिने योग ढकालबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारतीले मान्छे मारेर आममाफी पाउने भए आफूलाई पनि हतियार दिन आग्रह गरेकी छन् ।

मंगलबार राजधानीमा भएको एक कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले बदला लिनका लागि आफूलाई हतियार दिन सरकारलाई आग्रह गरेकी हुन् ।

भारतीले भनिन्, ‘मान्छे मारेर आममाफी पाइन्छ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं ।’ रिगललाई राष्ट्रपतिबाट केही दिनअघि आममाफी पाएकी थिइन् ।

२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । धरधरी आँशु झार्दै राष्ट्रपतिलाई भारतीले प्रश्न गरिन् , ‘मेरो ठाउँमा तपाईँको छोरी थिइन् भने के गर्नुहुन्थ्यो ?’