९ कार्तिक २०८१, शुक्रबार 1729916017
Banner

ललिता निवास प्रकरणमा मुछिएका नेता जोगाउन सरकारले गम्छाले पसिना पुछ्नुपरेको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास जग्गा प्रकरणमा गठबन्धनका नेता जोगाउन गम्छाले सरकारले पसिना पुछ्नपरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ‌ओलीले यस्तो बताएका हन् । सोही क्रममा उनले भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले प्रतिपक्षलाई तर्साउन खोजेको आरोपसमेत लगाए ।

उनले भने, ‘निकै चर्कोसँग ललिता निवासको फाइल खोलिन्छ भन्नुहुन्थ्यो । त्यो फाइल बन्द गराउन क्या गाह्रो पर्‍यो है । कस्तो गाह्रो पर्‍यो बन्द गर्न । मुद्दा बुझाउन नसक्ने । कसरी उम्काउने रु कसरी ढाकछोप गर्ने रु सत्ता गठबन्धन परेपछि कसरी जोगाउने भनेर पसिना आयो त्यतिबेला । रुमालले पुगेर गम्छा लिएर पुछ्नुपरेको थियो त्यसिबेला पसिना ।’