९ कार्तिक २०८१, शुक्रबार 1729916551
Banner

भूकम्पका कारण राजमार्ग अवरुद्ध, दुईजना घाइते

काठमाडौं । मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालय भत्किएका छन् ।

३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्पका कारण उल्लेखित स्थानीय तहमा क्षति पुगेको हो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय बझाङले भूकम्पले पहिरो आउँदा जय पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ ।

पहिरोमा परेर २ जना घाइते भएको पनि प्रहरीले उल्लेख गरेको छ ।