९ कार्तिक २०८१, शुक्रबार 1729916472
Banner

बझाङ भूकम्प अपडेट : चर्किए धेरै घर

काठमाडौं । बझाङमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्पका कारण बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण धेरै घर चर्किएका छन् यद्यपि अझै पूर्ण जानकारी पाउन सकिएको छैन ।

तर, मानवीय क्षति भएको जानकारी भने प्राप्त नभएको बझाङ प्रहरीले जनाएको छ ।

भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

बझाङको तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीले भौतिक संरचनामा ठूलो क्षति भएको बताइन् ।

उनले भनिन्, ‘मानवीय क्षतिको विवरण आइसकेको छैन । कतिपय वडा कार्यालय, विद्यालयका भवनहरु ध्वस्त भएको अवस्था छ ।’

भूकम्पले बाटोहरुमा पहिरो आएको उनको भनाइ छ । ‘पहिरो आएर बाटो बन्द भएको छ । ‘हामी अहिले घर बाहिर छौँ ,’ उनले भनिन् ।