४ भदौ २०८३, बिहिबार 1787216650
Banner

कर्फ्यूबीच पनि झडप भएपछि नेपालगञ्जमा सेना परिचालन

रुपन्देही-बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ। हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको छ।

दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो। विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो। अहिले झडप रोकिएको छ। ठूलो संख्यामा गल्ली-गल्लीमा प्रहरी परिचालित छन्।

तीन दिनअघि सामाजिक सञ्जालमा लेखेको विषयमा असन्तुष्टि बढ्दै गएपछि यहाँ दुई समुदायबीच तनाव बढेको हो ।