१० कार्तिक २०८१, शनिबार 1729952229
Banner

बझाङ भूकम्प अपडेट : एक महिलाको मृत्यु

बझाङ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो गएको ६ दशमलब ३ रेक्टरस्केलको भूकम्पपछि आएको पहिरोमा परेर जयपृथ्वी नगरपालिका–११ स्थित मयानास्थित ओखलकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनको टिमुर टिप्न गएका बेला माथिबाट खसेको ढुंगा टाउको लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भुकम्पमा परि १३ जना घाइते भएका छन् । ती मध्य २ जनालाई थप उपचारको लागी धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए । आज दिउसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।