४ भदौ २०८३, बिहिबार 1787284511
Banner

अमेरिकी सभामुख केभिन म्याकार्थी निष्कासित

काठमाडौं : अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिरेन्टेटिभ्सको सभामुखबाट केभिन म्याकार्थी निष्कासित भएका छन्।  

रिपब्लिकन सभामुख म्याकार्थीलाई हटाउनका लागि आफ्नै पार्टीका सांसद म्याट गेट्जले प्रस्ताव दर्ता गरेका थिए। 

गेट्सको प्रस्तावको पक्षमा २ सय १६ मत र विपक्षमा २ सय १० मत परेको छ। आफ्नै पार्टीका सभामुखलाई हटाउनका लागि ८ जना रिपब्लिकन सांसदले मतदान गरेका थिए, बहुमतका आधारमा सभामुखबाट म्याकार्थी सभामुखबाट हटाइएका हुन्। यो कदमले रिपब्लिकन पार्टीभित्रको आन्तरिक तनाव सतहमा देखाएको छ। फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउन सोमबार सदनमा प्रस्ताव अघि सारेका थिए। डेमोर्क्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि बढेको हो। 

म्याकार्थीले डेमोक्र्याटिक पार्टीको समर्थनमा अन्तिम समयमा मुलुकलाई शटडाउनबाट बचाउन खर्च विधेयक पारित गराएका थिए।