काठमाडौं । गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आम माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा परेको छ ।
रिगलको निर्देशनमा मारिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले असोज १४ गते रिट दायर गरेको सो रिट शर्माको इजलासमा परेको हो । चेतनको २०७२ सालमा नेपालगन्जमा खुँडा हानी हत्या भएको थियो ।
सर्वस्वसहित जन्मकैद भएका रिगललाई गत संविधान दिवसका अवसरमा आम माफी दिइएको थियो ।