१९ बैशाख २०८३, शनिबार 1777755472
Banner

गुण्डा नाइके रिगललाई आममाफी दिने सरकारको निर्णयप्रति सहमति छैन : माधव नेपाल

काठमाडौं । काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधावकुमार नेपालले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताएका छन् ।

बिहीबार गृहजिल्ला रौतहटमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन । हामीसँग सरकारले कुरा गरेर जानकारी गराएको पनि छैन ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको बताए

नेपालले भने, ‘लिम्पियाधुरा, कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ । हाम्रो भूमि फिर्ता गर्नुपर्छ । चीनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनुपर्दछ ।’

फरक प्रसंगमा उनले उनले अहिले देशको अर्थतन्त्रमा संकट देखा परेकोबारे पनि प्रधानमन्त्रीलाई तत्काल समाधानको लागि पहल गरेको बताउँदै मिटरव्याजपीडितको पक्षमा पार्टी दृढ भएर लागिरहेको समेत बताए ।