२८ भदौ २०८३, आइतबार 1789336209
Banner

आचारसंहिता कार्यान्वयनका लागि ७९ राजनीतिक दलबाट प्रतिबद्धता

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि ७९ वटा राजनीतिक दलबाट प्रतिबद्धता लिएको छ।

मंगलबार आयोगले आचारसंहिता पालनामा प्रतिबद्धता गर्न ७९ वटा दललाई आयोग बोलाएको थियो। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लंघन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्यनका लागि मंगलबार प्रतिबद्धता लिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो।

उहाँका अनुसार निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिले आचारसंहितामा हस्ताक्षर गरेर पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन्। निर्वाचनमा भाग लिने सबै राजनीतिकबाट आचारसंहितमा प्रतिबद्धता आएपछि अहिले आयोगका पदाधिकारीरुको छुट्टै बैठक बसेको छ।

आयोगले जारी गरेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ। वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन आचारसंहिता चाँडै लागू हुने आयोगका अधिकारीले बताएका छन्। सूचना अधिकारी अर्यालका अनुसार आचारसंहिता आज, भोलि वा पर्सी जुनसुकै दिन कार्यान्वयनमा हुनसक्छ ।