९ कार्तिक २०८१, शुक्रबार 1729901836
Banner

राम्रो काम गरे निर्वाचनमा डराउनुपर्दैन, म तेस्रोपटक निर्वाचित हुँ : वडाध्यक्ष तामाङ (बूनपा–८)

काठमाडौं । सुमन तामाङ काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हुन् ।

अघिल्लो कार्यकाल व्यतित गरेका अध्यक्ष संघीयता कार्यान्वयनपछिको दोस्रो कार्यकालका लागि वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी संघीयता कार्यान्वयनअघि २०५४ सालमा पनि वडाध्यक्ष पदमा निर्वाचित थिए ।

समयको अति नै ख्याल राख्ने उनी सेवाग्राहीलाई वडा कार्यालयमा १० मिनेटभन्दा बढी राख्नुहुँदैन भन्ने मान्यता राख्छन् । र, उनी समयको मामलामा उनी पनि अत्यन्त सचेतना अपनाउँछन् । आइतबारमात्रै कार्यालय समयमा खानेपानीको मिटिङका लागि भनी निस्किएका तामाङ २५ करिब आधा घण्टामै कार्यालय फर्किए ।

सेवाग्राहीको सेवाका लागि फर्म भर्नेदेखि अन्य सहजीकरण गर्ने काम जनप्रतिनिधिले गरिदिने गरेको उनले बताए ।
२०५४ सालका गाविस अध्यक्षसमेत रहेका तामाङ संघीयता कार्यान्वयनपछि सेवा प्रवाहमा सहजता भएको बताउँछन् । साथै स्रोत साधनको उपलब्धताका कारण सेवा प्रवाह पनि फराकिलो भएको उनको भनाइ छ ।

‘एकात्मक शासन अर्थात् (२०५४ सालमा स्थानीय तहमा २०/२५ हजारको बजेट आउँथ्यो । स्रोत साधनको उपलब्धतामा फराकिलो भएको छ,’ उनले भने, ‘बजेटको दायरा बढ्नुको साथै आवश्यक योजना बनाइ त्यसको कार्यान्वयन र अनुगमनसमेत गर्ने अधिकार वडालाई छ । तसर्थ २०५४ सालको तुलनमा भन्दा अहिलेको वडाध्यक्षलाई निकै फरक छ । अहिले काम गर्न सहज भएको छ ।’

स्रोत साधनको उपलब्धताका हिसाबले सहज भए पनि आममानिसका आकांक्षा बढिरहेको हुँदा केही हदसम्म कार्यान्वयनमा चुनौती रहेको उनको भनाइ छ । वडाको मुख्य काम जनतालाई सहजीकरण गर्ने भएको बताउँदै उनले सोहीअनुरुप सहजीकरण गर्ने गरेको बताए ।

स्थानीय तह, संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार गरी कुल ३७ अधिकार रहेको बताउँदै उनले वडाले नगरपालिकाले बनाएको कार्यविधिअनुरुप काम गर्नुपर्ने संवैधानिक अवस्था रहेको बताए ।

‘कार्यविधि निर्माणका क्रममा वडा र नगरको समन्वय हुनुपर्छ । हाम्रो वडामा पनि त्यहीँअनुरुप कार्य भइरहेको छ,’ उनले भने । वडाले बनाएका योजना यदि नगरपालिकाले स्वीकृत नगर्ने हो भने सो कार्यान्वयनसमेत नहुने उनको भनाइ छ ।

वडालाई सीधै कुनै पनि प्राप्त अधिकारको प्रयोग गर्ने अधिकार नरहेको बताउँदै उनले वडाले कुनै पनि योजना तथा काम गर्नुपरेमा नगरकार्यपालिकाबाट पारित गरी नगरसभाबाट पास गरेपछि मात्रै सो अधिकार कार्यान्वयन गर्न पाइने उनले बताए । वडालाई काम गर्नका लागि यो नै चुनौती भएको उनको भनाइ छ ।

वडालाई आफूखुसी कुनै खातापात खोल्न पाउने अधिकार नरहेको उनले बताए । उनले भने, ‘नगरको अधिकार, राय, सल्हा र सुझावविना वडालाई खर्च गर्ने अधिकार छैन,’ वडाले पाँच रुपैयाँ खर्च गरे पनि त्यसको विवरण नगरपालिकामा पठउनुपर्छ ।’ वडा कार्यसमितिलाई वडाका योजना बनाउने, योजना कार्यान्वयन गर्नेलगायत कार्य भए पनि सोका लागि सिफारिसका लागि नगरपालिका नै जानुपर्ने उनले बताए ।

अहिले स्वतन्त्रको लहर आएको छ नि भन्ने प्रश्नमा राम्रो काम गर्नसके स्वतन्त्र आएर केही फरक नपर्ने उनको जवाफ छ । ‘म २०५४ सालमा पनि वडाध्यक्ष भएर काम गरेको मान्छे हुँ । योभन्दा अघिल्लो कार्यकालमा पनि अध्यक्ष भएर जनताको सेवा गर्ने अवसर पाएँ । यो पटक पनि मलाई सेवा गर्ने अवसर प्राप्त भएको छ । दलबाट आए पनि म यस वडामा पपुलर छु,’ उनले भने, ‘अघिल्लो सबै पाटी बेग्लाबेग्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदा करिब ३००को हाराहारी मतान्तरले विजयी भएको म पछिल्लो निर्वाचनमा अन्य दल मिल्दा मैले ५००भन्दा बढी मतले विजय भएँ ।’

सर्वप्रम पदमा बसेको मान्छे आफ्नो काममा लगानीशल भएपछि कसैले पनि औँला ठड्यार प्रश्न गर्ने हिम्मत राख्न नसक्ने उनको भनाइ छ । जनताको सेवा प्रवाहका दृष्टिले सेवाग्राही १० मिनेटभन्दा बढी बस्नुहुँदैन अर्थात् पर्खनुहुँदैन भन्ने वडाको चाहना रहेको र सोहीअनुरुप कार्य गर्दै आएको उनले बताए ।

वडामा कृषि भूमि पर्याप्त मात्रमा नभएको बताउँदै उनले भएको भूमिलाई कृषि उपयोगमा लगाएको उनले बताए । उनले भने, ‘कृषिका लागि धेरै जमिन नभए पनि भएको जमिनमा कृषि कार्य गर्नका लागि टनेलको सहयोग गरेको बताउँदै उनले उत्पादित कृषि सामग्रीलाई हप्ताको दुई दिन कृषि बजार व्यवस्थापनका लागि वातावरण मिलाइएको उनले बताए ।

यसैगरी, अब एकदेखि डेढ वर्षभित्र ८ नम्बर वडामा खानेपानीको सुविधा पुर्याउने गरी काम भइरहेको उनले बताए । सोका लागि काम चलिरहेको छ । ‘खानेपानीका लागि मेलम्चीका लागि सहकार्य, बोरिङको कार्यले निरन्तरता पाएको उनले बताए ।

आफ्नै वडा कार्यालय भएको वडा नम्बर ८ ले भौतिक निर्माणका क्षेत्रमा ठूलठूला सामुदायिक भवन निर्माण कार्य नभए पनि सामान्य क्लबका भवनहरु निर्माणलाई तीव्रता दिएको छ । वडा नम्बर ८ मा एक स्वास्थ्य चौकी रहेको बताउँदै उनले अपर्झट सेवा प्रदान गर्नुपरेमा स्वास्थ्यकर्मी उपलब्ध हुने गरेको बताए । वडामा एक मात्रै सामुदायिक विद्यालय रहेको बताउँदै उनले संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्ने गरी सञ्चालन भइरहेको उनले जानकारी दिए ।