१९ बैशाख २०८३, शनिबार 1777753690
Banner

इजरायलमा रहेका नेपालीहरुको उद्धार गर्न सभापतिको माग

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुको उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति जारी नेपाल सरकारसँग यस्तो माग गरेका हुन् ।

केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै देउवाले इजरायलमा रहेका नेपालीहरुलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन माग गरेका छन् । उनले अघि भनेका छन्, ‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

साथै इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन छिमेकी देशहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्वद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गरेका छन् ।