२८ भदौ २०८३, आइतबार 1789336243
Banner

राष्ट्रपतिद्धारा पाँच अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा अध्यादेश जारी गर्नुभएको छ । मंगलबार उहाँले पाँच वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश जारी गर्नुभएको हो ।

यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी भएका हुन्।