काठमाडौं । परराष्ट्र मन्त्रालयले सरकार इजरायलमा रहेका नेपालीको उद्धारमा गम्भीर रूपमा लागेका जनाएको छ ।
बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी नेपाल सरकार नेपालीको उद्धारमा गम्भीर रुपमा लागिपरेको जानकारी दिएको हो । प्रवक्ता सेवा लम्सालले घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमा गम्भीर रूपमा लागेको बताइन् ।
हाल दुई जना विद्यार्थी डिस्चार्ज भइसकेको बताइन् । २ जना अझै उपचारको क्रममा रहेको र सम्पर्कबिहिन रहेका १ जनाको खोजीका लागि निरन्तर लागिरहेको उनको भनाइ छ ।
सम्पर्कविहिन बनेका बिपिन जोशीको खोजीका लागि सरकारले इजरायल सरकारसँग गम्भीर भएर लागेको बताइन् । गाजा क्षेत्र नजिक रहेका ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाई छ । त्यस्तै ७२ जनालाई थप सुरक्षित स्थानमा सारिएको उनको भनाई छ ।
मृतकको शव नेपाल ल्याउन समेत सरकारले प्रयास गरिरहेको बताइन् । ‘सबै मृतकको शव इजरायल सरकारको संरक्षणमा राखिएको छ । त्यहाँबाट सबै प्रकृया पुरा गरेर हामीलाई हस्तान्तरण गरेपछि हामी ल्याउँछौं,’ उनले भनिन् ।
आज र २५० सिट क्षमताको वाइड बडी जहाज त्यसतर्फ जान लागेको उनको भनाई छ । त्यस्तै इजरायलको व्यवसायीक उडानमार्फत फर्किन चाहनेलाई सहजिकरण गर्न सरकार तयार रहेको उनले जानकारी दिइन् ।