८ मंसिर २०८१, शनिबार 1732406377
Banner

इजरायलबाट २५४ जना विद्यार्थी आज नेपाल फर्किर्दै

काठमाडौं । इजरायलमा भएको आक्रमणबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज विहान त्यसतर्फ प्रस्थान गरेको छ ।

उनीहरूलाई लिएर जहाज बिहीबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको छ। स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने छ। त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ।

नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो । त्यसै कार्यक्रममा गएका १० जना विद्यार्थीको भने हमासको आक्रमणमा परी ज्यान गएको छ । उनीहरूको शव भने आज ल्याइने छैन ।

इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् । सरकारले चाँडोभन्दा चाँडो शव ल्याउन पहल गरिरहेको उनले बताइन् ।