९ कार्तिक २०८१, शुक्रबार 1729894528
Banner

इजरायलबाट २५० जना नेपाली चढेको विमान काठमाडौं उडयो, ९ बजे अवतरण गर्ने

काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली लिएर विमान काठमाडौंका लागि उडेको छ ।

नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।

नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विद्यार्थीहरुले बताएका छन् ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना लिएर आउँदै छ ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।