९ कार्तिक २०८१, शुक्रबार 1729887148
Banner

कोशीको मुख्यमन्त्री माओवादीलाई दिने दिर्णयविरुद्ध कोइराला समूले गर्‍यो हस्ताक्षर संकलन

काठमाडौं । सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री माओावदीलाई दिने निर्णय गरेपछि नेपाली कांग्रेसको शेखर समूहले सोको विरुद्धमा हस्ताक्षर अभियान संकलन गरेको छ ।

गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेस कोइराला पक्षले ८ प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन गरेको हो । पार्टी नेतृत्वले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन छ । कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् ।

उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेका छन् ।

गयानन्द मण्डलले भने खाली कागजमा हस्ताक्षर गर्न मानेनन् । मण्डललाई हस्ताक्षर गराउनका लागि बुधबार राति कोइराला पक्षका नेताहरु उनको घरमै पुगेका थिए, तर उनले हस्ताक्षर गर्न मानेनन् । ‘मलाई हस्ताक्षर गर्न भनेका छन्, तर मानिनँ’, मण्डलले अनलाइनखबरसँग भने, ‘म कतै हस्ताक्षर गर्दिनँ ।’

कोइराला पक्ष आफ्नो समूहका प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन चाहन्छ । सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाले भने संसदीय दलका नेता उद्धव थापा बाहेक अरुलाई मुख्यमन्त्रीमा अघि सार्न नसक्ने बताएका छन् ।