९ कार्तिक २०८१, शुक्रबार 1729886968
Banner

कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका आङ्बोद्वारा दाबी पेश

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् ।

बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उले प्रदेश प्रमुखमा दाबी पेस गरेका हुन् ।

आजै बसेको सत्ता गठबन्धनको बैठकले उनलाई सो पदमा अघि सार्ने निर्णय गरेको थियो । तर, नेपाली कांग्रेसमा शेखर समूहले असन्तुष्टि जनाउँदै आएको छ । र विपक्षमा ८ जना कांग्रेस सांसदको हस्ताक्षरसमेत संकलन गरेको छ ।

उनलाइ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।

बिहीबार नै नेपाली कांग्रेसका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । उनले कांग्रेसकै ८ र एमालेका ३९ सांसदको हस्ताक्षर लगेका छन् ।