२७ भदौ २०८३, शनिबार 1789245973
Banner

धादिङमा टिकटको विषयमा विवाद हुँदा काँग्रेस नेताबीच कुटाकुट,गाउँपालिका अध्यक्ष घाइते

धादिङ- धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ।

हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिनुभयो।

भण्डारीका अनुसार घटना मंगलबार रातिको हो। ‘एक जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेका छौं’, प्रवक्ता भण्डारीले भन्नुभयो।

आक्रमणबाट अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ।