९ कार्तिक २०८१, शुक्रबार 1729879637
Banner

मुख्यमन्त्रीमा नियुक्त भएकै दिन कोशी प्रदेशका मुख्यमन्त्री बालकोटमा

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएकै दिन काठमाडौं आइपुगेका केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट हुन् ।
शनिबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएसँगै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका कार्की त्यसपछि ओली निवास बालकोट पुगेका थिए ।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ ९५० अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।

कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एकजना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन् ।