१८ असार २०८३, बिहिबार 1783037502
समाचार

एनआरएनए निर्वाचन यी हुन बद्री केसीको प्यानलबाट चुनाव लडने पदाधिकारीका उम्मेदवार

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व लिने दौडमा रहनुभएका अध्यक्ष डा. बद्री केसी प्यानलको नाम टुंगो लागेको छ। ‘समृद्धि र रुपान्त्रण हाम्रो साझा अभिया’ भन्ने नारा दिएर चुनावी मैदानमा उत्रिनुभएका केसीले सवै क्षेत्रलाई समेटेर आफ्नो टीम बनाउनु भएको हो।

अध्यक्ष केसीको समूहबाट उपाध्यक्षमा रामशरण सिम्खडा, डा. हेमराज शर्मा, डा. बिनोद श्रेष्ठ, रोबिन शेरचन, चिरञ्जिीवी घिमिरे, यासमीन बेगम सैयद उम्मेदवार बन्ने तय भएको छ। यस्तै युथ भाइस प्रेसिडेन्ट (युवा उपाध्यक्ष)मा रोशन थापाको नाम तय भएको छ। केसीको प्यानलबाट महासचिवमा गौरीराज जोशी उम्मेदवार हुनुहुन्छ। यस्तै उपमहासचिवमा शन्तोषकुमार भट्टराई, प्रमोद सिटौला, सचिवमा राजेन्द्र पुडासैनी, नवराज रोस्यारा, डा. ज्ञानेन्द्र रेग्मी, यज्ञराज सुवेदी, प्रकाश सापकोटा र महिला सचिवमा राधिका गुरुङ (टीका) उम्मेदवार बन्नुभएको छ।

डा. बद्रीको टीमबाट कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत, ददीवल खडक र सीपी पौडेल तथा महिला सहकोषाध्यक्षमा अमृता थापा (कञ्चन) उम्मेदवार बन्नुभएको छ। यस्तै महिला संयोजकमा अनुजा प्रधान, युवा संयोजक पदमा सुपेन्द्र घिसिङ उम्मेदवार रहनुभएको केसी समुहले जनाएको छ।