९ कार्तिक २०८१, शुक्रबार 1729873128
राजनीति

नेकपा एमाले महानगरहरुको संयुक्त आयोजनामा खुलामञ्चमा चंगा उडान प्रतियोगिता

काठमाडौं । काठमाडौंमा महानगरस्तरीय चंगा उडान प्रतियोगिता सम्पन्न भएको छ ।

आइतबार नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौं महानगर कमिटीका महानगरस्तरीय जनसंगठनको संयुक्त पहलमा सो प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रमुख आतिथि नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेकी थिइन् ।

अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा विजया दशमी, दीपावली, नेपाल संवत ११४४ न्यूदँया भिन्तुना, नयाँ वर्ष तथा छठको अवसरमा चंगा उडान कार्यक्रम गरिएको नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा काठमाडौं महानगर इन्चार्ज रामेश्वर फुयालले जानकारी दिए ।

विगतमा चंगा र किसानको परम्परागत सांस्कृतिक सम्बन्ध रहेकाले सोलाई निरन्तरता दिन कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाइ छ ।