१० कार्तिक २०८१, शनिबार 1729922757
समाचार

एनआरएनए निर्वाचन : सह कोषाध्यक्षमा ‌ अभिमन्यु बस्नेतको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहकोषाध्यक्षमा क्यानाडाबाट अभिमन्यु बस्नेतले उम्मेदवारी दिएका छन् ।

उनको प्रस्तावकमा कुवेतका जीवन निरौला र थाइल्यान्डका भिमसेन रायमाझी छन् भने समर्थनमा यूएईका नीराजन खत्री र क्यानडाका सुर्य भट्टराई रहेका छन् ।

विगत १२ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय बस्नेत सन् २०१३र१५ कार्यकालमा उनी एनसीसी क्यानाडाको उपाध्यक्ष थिए । त्यसपछि दुई कार्यकाल आइसीसी सदस्य भएर काम गरे ।

एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउने अठोटसहित सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बस्नेतले बताए।

गैरआवासीय नेपाली सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुदैछ ।