९ कार्तिक २०८१, शुक्रबार 1729850880
Banner

संविधान दिवसको अवसरमा कैद सजाय मिनाह पाएका ढकालको फैसला भोलि सुनाउने

काठमाडौं । सर्वोच्च अदालतले संविधान दिवशमा कैद सजाय मिनाहा पाएका रिगल ढकालको मुद्दाको फैसला भोलि सुनाउने भएको छ ।

बुधबार कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिए पनि सो आदेश भोलि सुनाउन लागिएको सर्वोच्च स्रोतले जनाएको छ ।

बाँकेका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती शेर्पाले रिगलविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।