८ मंसिर २०८१, शनिबार 1732415160
Banner

गुटेरेसको भ्रमणमा अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरीको लेक लागेर मृत्यु

कास्की । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविरमा खटिनुभएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वतको मोदी गाउँपालिका ६ निवासी हाल घान्द्रुक प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक टीकाराम ढुङगाना रहनुभएको छ ।

उहाँ आधार शिविरमा यहि कार्तिक ११ गतेदेखि खटिनुभएको थियो । बुधबार विहान त्यहाँबाट पैदल मार्ग हुँदै पुनः घान्द्रुक फर्कने क्रममा विचबाटोमा अचानक श्वास प्रश्वासमा समस्या आएपछि ढुङगानाको निधन भएको कास्की प्रहरीले जनाएको छ ।

उहाँलाई बुधबार बिहान ७ बजे श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि विहान ९ बजे एयर डाइनेष्टिको हेलिकोप्टर मार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएकोमा करिव १० बजे उपचारमा संलग्न चिकित्सकले मृत घोषणा गरेका हुन् ।