९ कार्तिक २०८१, शुक्रबार 1729880129
Banner

प्रधानाध्यापकको हत्या गर्ने पाँच जना सार्वजनिक

बारा- बाल एकता बोर्डिङ स्कुलका संचालक रुपेश स्वर्णकारको हत्यामा सार्पसुटर संलग्न भएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हत्यामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक समेत गरेको छ ।

बिवाहपछि पनि प्रेम सम्बन्ध, रिसिवी र झैझगडाका कारण हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक शुरेश काफ्लेले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेमा मुख्य योजनाकार र सूचना अदानप्रदान गर्ने कलैया उपमहानगरपालिका वडा नम्बर मर्दशा टोल निवासी बर्ष २२ कि राधा गुप्ता, सहयोगीहरु सोही ठाँउ निवासी बर्ष ३४ का जामिल अख्तर, वडा नम्बर ९ रामपुर बस्ने बर्ष २६ को रिजाल अंसारीलाई सार्वजनिक गरिएको छ ।

त्यसैगरी पक्राउ पर्नेमा सुटर ग्याङ्गका सदस्य भारत मोतिहारी निवासी २३ बर्षका चन्दन कुमार र मोतिहारी घोडासहान निवासी बर्ष २३ को अभिनव कुमार राजपुत रहेका छन् ।

घटनास्थलबाट प्रहरीले चार थान गोलीको खोका बरामद गर्नुको साथै गोली प्रहार गर्ने ब्यक्तिहरुको पहिचान समेत भईसकेको उहाँले बताउनुभयो । हत्यामा यसअघि पनि बिभिन्न हत्याका घटनामा प्रयोग भएको हतियार र एउटै सार्पसुटर मोतिहारी सुकलहिया निवासी २५ बर्षिय सुजित कुमार सिंह र सोही ठाँउ निवासी चन्चल पाण्डेय, मनिष कुमार सहनी र कामेश्वर सहनी रहेको प्रहरी उपरिक्षक काफलेले बताउनुभयो ।

मुख्य योजनाकार राधा गुप्ता र भारत निवासी विवाहित मनोज गुप्ताबिच प्रेम समबन्ध रहेको र मृतकसंग तिब्र विवाद र झैझगडाका कारण घटना हुन पुगेको प्रहरीको भनाई छ ।

मृतक रुपेशको हत्या गराउनका लागि भारत निवासी शिक्षक समेत रहेका मनोजले रु १ लाख रुपैया सुटरलाई दिएको अनुसंन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको र चाडै अपराधीलाई पक्राउ गर्ने प्रहरी उपरिक्षक काफलेले बताउनु भयो ।