३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 3:04 pm
Banner

संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

सूचना प्रेस २०८० कार्तिक १६ बिहिबार ००:००, १०:२८ बजे १ मिनेट पढाइ

काठमाडौँ । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले आज राति १२ बजेबाट संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ ।