९ कार्तिक २०८१, शुक्रबार 1729843638
Banner

सरकारका कारण सदनका कामकारबाही प्रभावकारी बन्न सकेनन् : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण सदनको कामकारबाही प्रभावकारी हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले सदनको यो अधिवेशन निराशाजनक भएको बताए ।

उनले भने, ‘सदन किन र कसका कारणले प्रभावकारी हुन सकेन रु चर्चा हुन्छ सांसद्, सभाको कारणले प्रभावकारी हुन सकेन । तर, तथ्यले त्यस्तो भन्दैन । सदनको काम प्रभावकारी हुन नसक्नुको मुख्य जिम्मेवारी सरकार नै हो । सरकारको दृष्टिकोण र सरकारका गतिविधिहरू जिम्मेवार छन् ।’