८ मंसिर २०८१, शनिबार 1732395125
Banner

विमानस्थलमा हात हालाहाल गर्ने पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने पाइलटको लाइसेन्स निलम्बन भएको छ ।

प्राधिकरणले तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरेको हो । प्राधिकरणले उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।यद्यपि विस्तृत विवरण आउन बाँकी छ ।