९ कार्तिक २०८१, शुक्रबार 1729843997
Banner

सवारी दुर्घटनामा परी रोजगारीका लागि भारत पुगेका सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । रोजगारीका लागि भारत पुगेका ५ जना नेपालीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

रोजगारीका लागि सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्लाको अवजलपुरको तलकामा पुगेका उनीहरुको सवारी दुर्घटनामा परी मृत्यु भएको हो । मृत्यु हुनेहरु एकै परिवारका ५ सदस्य हुन् ।

मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार छन् ।