९ कार्तिक २०८१, शुक्रबार 1729843860
Banner

नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखा निलम्बनमा

काठमाडौं । नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखा निलम्बनमा परेको छ ।

महासंघको केन्द्रीय समितिले शुक्रबार प्रतिष्ठान शाखालाई निलम्बन गर्ने निर्णय गरेसँगै सो शाखा निलम्बनमा परेको हो ।

कान्तिपुरमा भइरहेको पत्रकारको आन्दोलनमा शाखाको भूमिका श्रमजिवीको पक्षमा नदेखिएको र केन्द्रीय समितिलाई नटेरेको भन्दै अनिल गिरी अध्यक्ष रहेको शाखालाई निलम्बन गरेको हो ।

कान्तिपुरमा कात्तिक १८ देखि मंसिर १० गतेसम्म दोस्रो चरणको आन्दोलन गर्ने समेत महासंघले घोषणा गरेको छ ।