९ कार्तिक २०८१, शुक्रबार 1729844311
Banner

पार्टीभित्रका उठेका जायज माग सम्बोधन हुन्छन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र उठ्ने जायज मागलाई सम्बोधन गर्ने बताएका छन् ।

शुक्रबार बागलुङमा नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा कांग्रेसभित्र कोशी लगायतमा पार्टीभित्र पछिल्लो समय देखिएको असन्तुष्टिप्रति संकेत गर्दै यस्तो बताएका हुन् ।

‘जायज माग छन् भने सम्बोधन हुन्छ, नाजायज माग छ भने वेवास्ता,’ सभापति देउवाले भने।

यस्तै, उनले संविधान कार्यान्वयन कांग्रेसले गरिछाड्ने पनि बताए। ‘संविधान र संघीयता ठिक छैन भन्ने तत्वविरूद्ध लाग्नुस्। कांग्रेस मुलुकको ठूलो पार्टी हो, यसले संविधान कार्यान्वयन गरिछाड्छ,’ उनले भने, ‘संविधान र संघीयतामा केही समस्या देखिए भने सुधार गर्दै जाने हो।’

उनले कांग्रेससहित सबै दल मिलेर संविधान कार्यान्वयन गरिने बताए।