९ कार्तिक २०८१, शुक्रबार 1729843958
Banner

प्रधानमन्त्रीलाई सर्वदलीय बैठक बोलाउन भनेको छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चाँडै सर्वदलीय बैठक बोलाउन आफूले भनेको बताएका छन् ।

शुक्रबार प्रथम सल्यानटार कृषि प्रदशनी तथा व्यापार मेलालाई सम्बोधनका क्रममा उनले लोकतन्त्र, देश र राष्ट्रिय हितको पक्षमा सहमतिका लागि सर्वदलीय बैठक बोलाउन आह्वान गरेको बताएका छन् । साथै, उनले सबै पार्टीहरुले सबै पार्टीहरुले पुरानो शैली छाड्न आवश्यक भएकोसमेत बताए ।

उनले भने, ‘निषेधको राजनीति छाड्न जरुरी छ। लोकतान्त्रिक अभ्यासभित्र स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ । हामीले लोकतान्त्रिक प्रणाली रोजेको अस्वस्थ्यता रोजेको होइन। हामीले हिंसा र घृणा फैलाउने बाटो रोजेको होइन। हामीले सामाजिक सद्भाव र एकता रोजेको हौं । म सबै राजनीतिक दलहरुलाई आग्रह गर्छु मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु, प्रधानामन्त्रीलाई छिट्टै लोकतन्त्रको पक्षमा, देश र राष्ट्रिय हितको पक्षमा सर्वदलीय बैठक बोलाउनुस् भनेको छु । उहाँले छिट्टै नै गर्नुहोला भन्ने लाग्छ ।’