९ कार्तिक २०८१, शुक्रबार 1729890750
Banner

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १२९ पुग्यो

काठमाडौं । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ७० र रुकुम पश्चिममा ८५ र रोल्पामा एकजना घाइते भएका छन् । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।