२८ भदौ २०८३, आइतबार 1789333854
समाचार

भूकम्प पीडितको राहत तथा उद्धारको लागी पहिलो चरणमा एनआरएनएको १० लाख सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको शक्तिशाली भूकम्प प्रभावित क्षेत्रको उद्धार, राहत तथा पूर्ननिर्माणमा लागि पहिलो चरणमा दश लाख दिने घोषणा गरेको छ।

शनिवार संघका अध्यक्ष डा बद्री केसी र महासचिव गौरीराज जोशीले एक बिज्ञप्ती जारी गर्दै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख उपलब्ध गराउने जनाएका हुन् ।

संघले यस कठिन परिस्थितिमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाउदै विदेशस्थित गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्यव परिषदलाई मातृभूमीमा परेको पीडामा महल लगाउन यथासक्य छिटो उद्धार तथा राहतका लागि आर्थिक तथा भौतिक सहयोगमा जुट्न समेत आग्रह गरेको छ।