१० कार्तिक २०८१, शनिबार 1729973468
Banner

भूकम्पका ७ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका ७ जनालाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौ ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घाइतेहरूलाई त्रिवि शिक्षण अस्पतालतर्फ लैजान लागिएको प्रहरीले जनाएको छ ।

गएराति जाजरकोटलाई केन्द्र बनाएको गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी १३८ को मृत्यु भएको थियो । भूकम्पमा १६६ बढीको घाइते भएका छन् । यिनै घाइतेमध्येका गम्भीर घाइतेसहितकालाई काठमाडौं ल्याइएको हो । नेपाल एयरलाइन्सको जहाजमार्फत उनीहरूलाई काठमाडौं ल्याइएको हो ।