२८ भदौ २०८३, आइतबार 1789359544
Banner

आईसीसी टी–२० विश्वकप छनोट : बेस्ट ब्याटर नेपालका कुशल भुर्तेल र बेस्ट बलर ओमनका बिलाल खान

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको बेस्ट ब्याटर नेपालका कुशल भुर्तेल बनेका छन् । त्यसैगरी ओमनका बिलाल खान बेस्ट बलर घोषित भएका छन् । घरेलु मैदानमा आयोजित छनोट प्रतियोगितामा कुशल सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका हुन भने खान बेस्ट बलर भएका हुन् ।

११ विकेट लिएका ओमानका बिलाल खान बेस्ट बलर घोषित भए । उनले ११ विकेट लिएका थिए । सुपर ओभरमा बिलालले उत्कृष्ट प्रदर्शन गरेपछि आइतबार नेपाललाई हराएर ओमानले उपाधि जितेको थियो । ओमानका अकिब इलियास बेस्ट प्लेयर र कश्यप प्रजापति प्लेयर अफ दी फाइनल घोषित भए ।

नेपालका विभिन्न कर्पोरेट हाउसले प्रायोजन गरेका अन्य अवार्डहरुमा नेपाली खेलाडीहरुको पकड रह्यो । बेस्ट डेलिभरी अफ दी म्याच सोमपाल कामी, क्याच अफ दी म्याच विवेक यादब, सबैभन्दा लामो छक्का करन केसी, सट अफ दी म्याच गुल्सन झा, फास्टेस्ट रन स्कोरर करन केसी, माइलस्टोन अफ दी डे गुल्सन झाले प्राप्त गरे ।