८ कार्तिक २०८१, बिहिबार 1729829132
Banner

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले युरोप भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएकाले राष्ट्रपतिको भ्रमण स्थगित भएको कार्यालयको भनाइ छ ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।