८ कार्तिक २०८१, बिहिबार 1729829807
Banner

जाजरकोटमा पुनः ५.८ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जाजरकोटमा दिउँसो पुनः भूकम्प गएको छ ।

सोमबार जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

गएको शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए ।
६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।