९ कार्तिक २०८१, शुक्रबार 1729865474
Banner

​राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित जिल्ला जाँदै छन् । युरोप भ्रमण स्थगित गरेर उनी भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जान लागेका हुन् ।

राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न आज बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम तय भएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।