९ कार्तिक २०८१, शुक्रबार 1729879782
Banner

प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आव्हान

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने भएको हो । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग छलफल गर्न बताइएको छ ।  

गएको शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति भएपछि प्रधानमन्त्रीले सोसहित समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ ।