३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:35 am
समाचार

बाजुरामा आजपनि भूकम्पको धक्का

सूचना प्रेस २०८० कार्तिक २१ मंगलबार ००:००, १४:५४ बजे १ मिनेट पढाइ

काठमाडौं । जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पका पराकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरु थप जोखिममा परेका छन् । यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् ।