३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:03 am
Banner

गोविन्द बन्दीले लिए कानूनमन्त्रीको सपथ

सूचना प्रेस २०७८ चैत्र २४ बिहिबार ००:००, १५:११ बजे १ मिनेट पढाइ

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा कोइरालाले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।


राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री कोइरालालाई सपथ गराउनुभएको हो । सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरु र उच्चपदस्थ सरकारी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।