८ कार्तिक २०८१, बिहिबार 1729829743
Banner

नेपाल संवत राष्ट्रिय संवत हो : न्हुछेकाजी महर्जन

काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले नेपाल संवतको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सोही अवसरमा नेकपा एमाले काठमाडौं महानगर कमिटीले यही १८ गते विष्णुमति किनारमा सरसफाई गरेको छ । कातिक २८ गते कमिटीले प्रभातफेरि गर्दैछ । यसैगरी, मंसिर ९ गते तुच्चा कार्यक्रमसहित नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तय गरेको छ । नेपाल संवत, शंखधर शाख्वा र नेपाल संवतलाई राष्टिय संवत बनाउन नेकपा (एमाले)को भूमिकाबारे सूचना प्रेसले नेकपा (एमाले) काठमाडौं महानगर कमिटीका उपाध्यक्ष तथा काठमाडौं महानगरका १८ का वडाध्यक्ष न्हुछेकाजी महर्जनसँग कुराकानी गरेको छ । प्रस्तुत छ,महर्जनसँगको कुराकानी उनकै शब्दमा ।

नेपाल संवत राष्ट्रको नाममा राखेको एक मात्रै संवत हो । नेपाल संवत विक्रम संवत ८८८ देखि नै सञ्चालन हुँदै आएको छ । दशैंको घटस्थापनाका दिन सबैले विष्णुमतिको बालुवा ल्याएर जमरा राख्ने प्रचलन थियो । सोही भक्तपुरका राजाले साइत हेराएर एकजना ज्यामीलाई लखतीर्थ (विष्णुमती नदी किनार) मा बालुवा लिन पठाएछन् ।

राजाको आदेशअनुसार विष्णुमतीको किनारबाट ज्यामीले बालुला लिएर फर्किँदै थियो । सो क्रममा शंखधर शाख्वाले खर्पनमा बोकेको बालुवा देखे । सो देखेर उनको मनमा भक्तपुरका ज्यामीले वालुवालिन ज्यामीलाई विष्णुमती पठाउनुको पछि केही रहस्य छ भन्ने लागेर उनले ज्यामीलाई सो वालुवा आफूलाई दिन आग्रह गरे । र, सो बालुवा आफूले लिए ।

आफूले बोकेको बालुवा शाख्वालाई दिएपछि खोलामा गई ती ज्यामीले पुनः खोलामा गई वालुवा लिएर भक्तपुर गए । त्यो बालुवा भक्तपुर पु¥याइयो । सो बालुवा बालुवा नै रह्यो । तर, शंखधर शाख्वाले ती ज्यामीबाट लिएको बालुवा सुनमा परिणत भयो । ज्योतिषबाट साइत हेराउँदा विष्णुमतीको बालुवा ल्यायो भने सबै सुन हुन्छ भनिएकाले बालुवा लिन भक्तपुरका राजाले ती ज्यामीलाई विष्णुमति पठाएको पछि खुल्न आयो । बालुवा सुनमा परिणत भएपछि उनले सो सुन बेचेर सामान्ती सत्ताबाट पीडित काठमाडौंका सबै जनताको ऋण तिरिदिए । आफूहरु ऋणबाट मुक्त भएको दिनलाई स्मरण गर्दै नेपाल संवतको सुरु भएको हो ।

तिथिका हिसाबले हाल यो संवत चलिरहेको छ । नेपाल संवतको आफ्नै महिना र साल छन् । यसलाई चलनमा किन ल्याउने भनेर नेकपा एमालेले २०५५ सालमा नेपाल संवतलाई कार्यान्वयनमा ल्याउन सामाजिकीकरण ग¥यो । साथै, जातीय रुपमा सीमित राखेर हुँदैन भनी राष्ट्रियकरणका लागि नेकपा एमालेले तत्कालीन अवस्थामा पार्टीगत रुपमै दबाब दिने निर्णय ग¥यो । सो निर्णय कार्यान्वयनका लागि हामीले पहल ग¥यौँ ।

सुरुमा यो मुद्दालाई अखिलले आफ्नो एजेन्डा बनाएर अघि बढ्यो । बहुदल आएपछि पार्टीले नै समर्थन र सृुझाब दिने गरी कार्यक्रममा हामी लागिरह्यौँ । र, पार्टी अग्रसरतमा पद्मरत्नको नेतृत्वमा ब्यानरमा २०५५ सालदेखि भिन्तुना ¥यालीसुरु भयो ।
तर, यसलाई राजनीतिकरण गर्नुहुँदैन भनी विभिन्न आरोप पनि लगाइयो । तथापि हामीले यो नेपाल संवत राष्ट्रिय संवत हो भनी दाबी गरेर अघि बढिरहेका थियौँ । शंखधर शाख्वालाई राष्ट्रिय विभूति घोषणा गर्न वा हुलाक टिकट प्रचलनमा ल्याउन पनि हाम्रो आन्दोलनले निकै महत्वपूर्ण भूमिका खेलेको छ । परिणामस्वरुप हुलाक टिकट पनि निस्कियो र शंखधर शाख्वालाई राष्ट्रिय विभूति घोषणा गरियो ।

विगतदेखि मनाउँदै आएको भिन्तुना वा नववर्ष नेपाल संवतलाई आज काठमाडौं महानगर कमिटीले निरन्तरता दिएको छ । यस वर्ष पनि मंसिर ९ गते नेकपा एमाले काठमाडौं महानगर कमिटीले शुभकामना आदानप्रदान सांस्कृतिक कार्यक्रमसहित तुच्चा कार्यक्रमको आयोजना गरेको छ । विभिन्न कालखण्डमा निरन्तर पार्टी र संगठनको धारणाअनुसार विभिन्न संगठनका कमिटीहरुले तुच्चा कार्यक्रम गर्दै आएका छन् । यसको निरन्तरता अहिले काठमाडौं महानगर कमिटीले गर्न लागेको छ ।
शंखधर शाख्वाद्वारा सञ्चालित नेपाल संवत चन्द्रमासअनुसार सञ्चालित छ । यो संवतका वर्ष र महिनाको आफ्नै महत्व छ । यस संवतका वर्ष र महिनाका कछला, कौला, तछला, गुम्ला, यौलाजस्ता आफ्नै नाम छन् । मलमास र क्षयमास छन् । यस संवतमा ११ महिना हुने र प्रत्येक ३ वर्षमा एक वर्ष १३ महिनाको हुने हुन्छन् । एक वर्षमा १३ महिनाको कसरी तलब दिने भन्ने समस्या हुनेजस्ता समस्याका कारण यो संवत राष्ट्रियस्तरमा मनाउन छाडिएको भन्नेछ ।

यसमा पनि शुक्ल पक्ष र कृष्ण पक्ष भनेर हामी जसरी भन्छौँ । त्यसैगरी यसमा नेपाल भाषामा कछला थो र कछला गा भनेर १५/१५ कृष्ण पक्ष र शुक्ल पक्षलाई छुट्याइन्छ । तिथिका आधारमा हाल यो संवत कार्यान्वयनमा छ । नेवारले मात्रै नभएर तामाङ, राईलगायत अन्य जातजातिले आफ्नो वर्ष तिथिअनुसार नै मान्ने गछन् । तर, उहाँहरुको संवत छुट्टै छ । तर, तिथिअनुसार उहाँहरुको उधौली, उभौली पर्व छ । तिथिअनुसार उनीहरुले पनि नेपाल संवतलाई नै कार्यान्वयनमा ल्याइरहेका छन् । उनीहरुको छुट्टै क्यालेन्डर भए पनि चन्द्रमासको तिथिअनुसार नै उनीहरुले आफ्ना चाँडबाड मनाइरहेका छन् ।

त्यसकारण हामीले पनि तिथिअनुसार श्राद्ध, जन्म, विवाहलगायत तिथिअनुसार साइत हेरेर मनाउछौँ । भ्यूू भिन्तुना भन्नाले भ्यू द भन्नाले नयाँ र भिन्तुना भन्नाले वर्ष भयो । प्रत्येक वर्ष हामी नयाँ वर्षको दिन आत्मपूजा गरेर मनाउँछौँ । यस दिन खस आर्यहरुले गावद्र्धन पूजा गरेर मनाउँछन् । हामी सनातन धर्म मनाउँछौँ । हामी कुनै पनि धर्मप्रति एक पक्षीय छैनौँ । हामी सबै धर्मलाई समान सम्मान गर्छौैँ । त्योअनुसार हाम्रो आत्मपूजा गरेर सुद्ध गरेर मनाउने दिन नै नेपाल संवतको पहिलो दिन भएको हुनाले त्यो दिनमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरी मनाउँछौँ ।

नेकपा एमाले महानगर कमिटीले यही मंसिर ९ गते तुच्चा कार्यक्रम गरी नयाँ वर्ष अर्थात् नेपाल संवत, दशैँ, शुभदिपावलीसहितको एकमुष्ट रुपमा शुभकामना आदानप्रदान गर्दै छ । तुच्चालाई अंग्रेजीमा स्न्याक्स भनिन्छ । अर्थात् जुन खाजाको रुपमा खाने खानालाई नै तुच्चा भनिन्छ । तर, खाजाका रुपमा खाने भनेर यतिकै खाने होइन । त्यसमा नेवारी संस्कारअनुासर विशेष साहित निकालिएको हुन्छ । सो साहितमा माछा,छोइला, बोडी, हरियो सागपात, भटमास अदुवालगायतको परिकार खाइन्छ । यही परिकार नै तुच्चा हो । यसलाई विशेष साइत निकालेर खाइन्छ । एक किसिमले नेपालीमा भन्दा यसलाई चियापान भनेर बुझ्दा पनि हुन्छ ।

यो नेवारी समुदायमा पहिलेदेखि साइत निकालेर खाइने खाना हो । साथै, नेवारी समुदायमा कुनै पनि कार्य गर्दा सुरुमा खुवाउनुपर्ने वा खानुपर्ने परिकार नै तुच्चा हो । तुच्चामा रहेका हरेक परिकारमा भगवानको रुप हुन्छ भन्ने मान्यता छ ।
नेपाल संवत नेवारी समुदायको मात्रै नभएर यो सम्पूर्ण नेपालीहरुको संवत हो । सबैले यस सम्वतलाई अंगाली प्रचलनमा ल्याउनुपर्छ ।