८ कार्तिक २०८१, बिहिबार 1729829397
Banner

पर्यटकीय क्षेत्र बन्द नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेक साइड बन्द नगर्न आदेश दिएको छ ।

बुधवार उच्च अदालत पोखराले लेक साइड चौबिसै घण्टा बन्द नगर्न आदेश दिएको हो ।

व्यवसायीले व्यवसायमा अङ्कुश लगाउने गरी प्रहरीले दिएको समस्या विरुद्ध रिट दिएका थिए । देवीकुमारी बरालले दिएको रिटमा कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यस्तो आदेश दिएका हुन् ।