८ कार्तिक २०८१, बिहिबार 1729829455
Banner

हराएका ५ किशोरी भेटिए

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका २ बाट एकसाथ बेपत्ता ५ किशोरी धनुषाको ढल्केबरमा फेला परेका छन् ।

मंगलबार बिहानबाटै औरही नगरपालिका २ की १६ वर्षीया वसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षिया संगीता सदा, १५ वर्षिया राजन सदा, २० वर्षीया रुबी सदा बेपत्ता भएका थिए । उनीहरू पाँचैजनालाई ढल्केबर चोकमा ड्यूटीमा खटिएका प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्स्पेक्टर राजकिशोर साहले जानकारी दिए ।

‘राति कहाँ बसेको र कता जान लागेको भनी सोध्यौं । घुम्न हिँडेको मात्र भनिरहेका छौं । थप अनुसन्धान भइरहेको छ’, साहले भने । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरी पठाउने तयारी गरिएको छ ।