८ कार्तिक २०८१, बिहिबार 1729814710
Banner

अध्यागमन विभागले कातिक २८ गतेभन्दा बाहेक अन्य दिन सेवा प्रवाह गर्ने

काठमाडौं । अध्यागमन विभागले २८ कात्तिक (१५ नोभेम्बर)का दिन भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने जनाएको छ ।

विभागका अनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहनेछ ।

सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा सुचारु रहने विभागले जानकारी गराएको छ ।

अहिले पर्यटक आगमन बढी हुने मौसम हो । पदयात्रा र पर्वतारोहणका लागि यस मौसममा बढी पर्यटक आउने गर्छन् ।