३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 7:17 pm
विश्व

जिम्बावेमा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

सूचना प्रेस २०८० कार्तिक २९ बुधबार ००:००, १९:४१ बजे १ मिनेट पढाइ

जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै एउटा मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ । बुलावायो–बीटब्रिज रोडमा “बोर्डमा २१ यात्रु बोकेको टोयोटा क्वान्टम गाडी“ र “यात्रुसहितको ट्रक“ ठोक्किदा अन्य दुई जना घाइते भएका थिए ।

मिनिबसका चालकसहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ। रासस–सिन्ह्वा