११ भदौ २०८३, बिहिबार 1787858876
Banner

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । बितेका चार वर्षमा नेपाल–भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी ३५ जनाको ज्यान गइसकेको छ ।